काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले २-० को अग्रता बनाएको छ ।
वालिङका लागि टोउटा ओर्नेला र मेथो रुथले एक एक गोल गरिन् ।
आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् ।
वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।