बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

‘हल अफ फेम’ फुटसल माघ ३० गते

मंगलबार, माघ २०, २०७७खेलपाटी संवाददाता
‘हल अफ फेम’ फुटसल माघ ३० गते
Classic Tech Internet Ad

काठमाडौं । भक्तपुरमा यस वर्ष ‘हल अफ फेम’ खुल्ला फुटसल प्रतियोगिता माघ ३० गते आयोजना हुने भएको छ ।

स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय स्तरको खेलकुदमा योगदान पुर्याएका स्थानीय खेलाडीलाई सम्मान गर्ने उद्धेश्य अनुरुप चौथो संस्करणको हल अफ फेम फुटसल प्रतियोगिता माघ मसान्तमा आयोजना हुन लागेको हो ।

ख्वोपा फुटसलको आयोजनामा हुन लागेको कार्यक्रममा खुल्ला फुटसल सहित सामाजिक र खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न ५ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमका संयोजक राम प्रजापतिले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्न र स्थानीय खेलाडीलाई सम्मान गर्ने उद्धेश्यले यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए ।

‘स्थानीय खेलाडीलाई प्रतियोगितासंग जोड्न र पुराना खेलाडीलाई सम्मान गर्ने लक्ष्य सहित यस वर्षपनि कार्यक्रम गर्न लागेको हौं ।’ प्रजापतिले खेलपाटीसंग भने ।

‘खेलकुदमा योगदान पुर्याएका पुराना खेलाडी निराश अवस्थामा छन् । उनीहरुको योगदानलाई सम्मान गर्दै हल अफ फेमको रुपमा हरेक वर्ष कम्तिमा एक लिजेण्ड खेलाडीलाई सम्मान गर्दै आएका छौं । यसवर्ष समेत एक लिजेण्डरी खेलाडी सहित वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दैछौं ।’ उनले भने ।

भक्तपुरको ख्वोपा फुटसल लिबालीमा हुने प्रतियोगितामा विभिन्न २४ टिमलाई सहभागी हुने बताईएको छ । माघ ३० गते उद्धघाटन हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लिग कप नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ५० हजार र दोस्रो हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने ५ विधामा ब्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।

कोरोनाविरुद्धको लडाँईका नायकबाट एक जनालाई, वर्ष खेलाडीबाट एक पुरुष र एक महिला तथा एक लिजेण्ड खेलाडीलाई ‘हल अफ फेम प्लेयर अफ दी ईयर’बाट सम्मान गर्न लागिएको छ । कार्यक्रममा एक खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजक ख्वोपा फुटसलले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी

 जितको लयमा फर्कियो बार्सिलोना

जितको लयमा फर्कियो बार्सिलोना

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली

भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली