एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जोएल माटिपले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
खुट्टाको चोट बोकेपछि सेन्टर ब्याक माटिपले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
उनले खुट्टाको एन्कलको लिगामेन्टको चोट बोकेको बताईएको छ ।
२९ वर्षीय डिफेन्डरले टोटेनहमविरुद्धको खेलमा चोट बोकेका हुन् ।
उक्त खेलमा लिभरपुलले ३-१ को जित निकालेको थियो ।
