एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर ताकुमी मिनामिनोलाई लोनमा साउथह्याम्पटन पठाएको छ ।
साउथह्याम्पटनले जापानी मिडफिल्डरलाई सिजनको अन्तिमसम्मको लागि लोनमा अनुबन्धन गरेको हो ।
लिभरपुलको पहिलो रोजाईमा पर्न असफल भएपछि २६ वर्षीय मिडफिल्डर साउथह्याम्पटन आएका हुन् ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए ।
लिभरपुल आएपछि उनि प्रिमियर लिगको ४ खेलमा मात्र सुरुवाती-११ मा परेका थिए ।
मिनामिनोले लिभरपुलबाट कुल ३० खेल खेल्दा ४ गोल गरेका छन् ।