एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलका डिफेन्डर सोकोद्रान मुस्ताफी जर्मन क्लब साल्केमा अनुबन्धित भएका छन् ।
बुन्डेसलिगा क्लब साल्केले मुस्ताफीलाई ६ महिनाको लागि अनुबन्ध गरेको हो ।
यस सिजन आर्सनलमा मौका नपाएपछि सेन्टर ब्याक मुस्ताफीले क्लब छाडेका हुन् ।
जर्मनीका डिफेन्डरले यस सिजनको प्रिमियर लिगमा एक खेल पनि खेल्न पाएका थिएनन् ।
२८ वर्षीय डिफेन्डर सन् २०१६ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट आर्सनल आएका थिए ।
मुस्ताफीले आर्सनलबाट ५ वर्षमा १ सय५१ खेल खेल्दा ९ गोल गरेका छन् ।