काठमाडौं । तनहुँको भानु नगरपालिकामा प्रथम याङ्गसिङ्ग कालिका कप सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
याङ्गसिङ्ग कालिका युवा क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन २३ देखि २७ सम्म आयोजना हुनेछ ।
भानु-१० चोक याङ्गसिङ्गमा आयोजना हुने प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले २० हजार प्राप्त गर्दा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एक टिममा १० खेलाडी राख्न पाइने छ ।
आयोजकले प्रतियोगिताको लागि दर्ता गर्ने मिति फागुन २२ सम्मको तोकेको छ ।
दर्ता शुल्क ४ हजार लाग्ने आयोजकले जनाएको छ ।