पहिलो हाफमै एपीएफको १२ गोल !
२०२१ फेब्रुअरी १, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १२-० गोलको अग्रता बनाएको छ ।
एपीएफको लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन् ।
यस्तै अनु लामाले ४ गोल गर्दा रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बुले एक एक गोल गरेकी छिन् ।
आज एपीएफ लगातार छैटौं जितको खोजीमा रहेको छ ।
एपीएफ ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
चौदण्डी भने पहिलो जितको खोजीमा हुनेछ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।