काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ३-० को अग्रता बनाएको छ ।
आर्मीका लागि शर्मिला थापाले दुई गोल गरिन् । यस्तै बिमला चौधरीको नाममा एक गोल रह्यो ।
आज आर्मी तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
आर्मी विराटनगरलाई हराएर लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।