काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र विराटनगरबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
आज आर्मी तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
आर्मी विराटनगरलाई हराएर लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा एपीएफले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।
साविक विजेता एपीएफ र चौदण्डीबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
आज एपीएफ लगातार छैटौं जितको खोजीमा रहेको छ ।
एपीएफ ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
चौदण्डी भने पहिलो जितको खोजीमा हुनेछ ।
अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।