एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
काडिजको मैदानमा लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिकोले सहज जित निकालेको हो ।
खेलको २८ औं मिनेटमा सुआरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा अल्भारोले गोल गर्दै काडिजलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४४ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।
५० औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दा एट्लेटिको ३-१ ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा अल्भारोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई २-३ गोलको स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ४-२ को सहज जित दिलाए ।
जितसंगै एट्लेटिकोले १९ खेलमा ५० अंक जोडेको छ ।
एट्लेटिकोले लिगमा १० अंकको अग्रता समेत बनाएको छ ।
दोस्रो स्थानको रियल मड्रिडले ४० अंक जोडेको छ ।
काडिज २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
