एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी लोरिएन्टसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
नेयमारले दुई गोल गरेको खेलमा पीएसजी पराजित भएको हो ।
खेलको ३६ औं मिनेटमा लाउरेन्टले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा नेयमारले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
तर, खेलको ८० औं मिनेटमा विस्साले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा टेरिम मोफीले गोल गर्दै लोरिएन्टलाई ३-२ को जित दिलाए।
जितसंगै रेलिगेसन क्षेत्रको लोरिएन्टले १८ अंक जोडेको छ । लोरिएन्ट १८ औं स्थानमा रहेको छ ।
यो हारपछि पीएसजी भने शीर्ष स्थानमा उक्लन असफल भएको छ ।
पीएसजी ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
