एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लेष्टर लिड्स युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा लेष्टरले हार व्यहोर्नु परेको हो ।
खेलको १३ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

तर, १५ औं मिनेटमा स्टुवार्ड डालसले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७० औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दा लिड्सले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दा लिड्सले ३-१ को सहज जित निकाल्यो ।

जितसंगै लिड्सले २९ अंक जोडेको छ । लिड्स तालिकाको १२ औं स्थानमा रहेको छ ।
हारपछि लेष्टरले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
तेस्रो स्थानमा रहेको लेष्टरले ३९ अंक जोडेको छ ।
