एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा चेल्सीले बर्नलीलाई २-० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा सिजर एज्प्लिक्युएटा र मार्कोस अलन्सोले एक एक गोल गरे ।
घरेलु मैदानमा ४० औं मिनेटमा एज्प्लिक्युएटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
यससंगै मुख्य प्रशिक्षक थोमस टुचेलले चेल्सीका लागि पहिलो जित निकालेको छ ।
जितसंगै चेल्सीले २१ खेलमा ३३ अंक जोडेको छ । चेल्सी सातौं स्थानमा रहेको छ ।
बर्नली २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
