एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले वेस्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले वेस्ट ह्यामसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र वेस्ट ह्यामबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
वेस्ट ह्यामविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।
लिभरपुल जित निकाल्दै उपाधि होडलाई कायम राख्न चाहन्छ ।
लिभरपुल ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । वेस्ट ह्यामलाई हराएमा लिभरपुल तेस्रो स्थानमा उक्लनेछ ।
वेस्ट ह्याम भने ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्नेछ ।
चेल्सी ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ । बर्नली २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
लेष्टर सिटीले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ ।
लेष्टर लिड्सलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
लेष्टर ३९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लिड्स २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।