काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र चन्द्रपुरले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २८ औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ४० औं मिनेटमा चन्द्रपुरकी सबिता राना मगरले गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रिएका छन् ।
पुलिस चन्द्रपुरलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
पुलिसलाई उपाधि होड कायम राख्न चन्द्रपुरविरुद्ध जित महत्वपूर्ण रहेको छ ।
पुलिस ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
चन्द्रपुरलाई हराउँन सकेमा पुलिस दोस्रो स्थानमा उक्लने छ ।
चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
छैटौं स्थानको चन्द्रपुरले ४ खेलमा ३ अंक जोडेको छ ।