• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जसले ध्यान खिचे !
खेलपाटी संवाददाता
आइतबार, माघ १८, २०७७ खेलपाटी संवाददाता
जसले ध्यान खिचे !

काठमाडौं । चौंथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पार्यो ।

टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विभागीय टिम एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बन्न सफल भयो ।

आर्मीले पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग उपाधि बाडेको थियो । त्यसपछिको दुई संस्करणमा आर्मी फाइनलमा चुकेको थियो ।

यस पटक भने आर्मीले गल्ति दोहोर्याएन् र उपाधि आफ्नो पोल्टामा पार्यो ।

उपाधि उचालेपछि आर्मीका कप्तान विनोद भण्डारीले प्रतियोगिताहरु आयोजना हुदाँ नयाँ खेलाडी आउने उल्लेख गरे । धेरै प्रतियोगिताहरु आयोजना हुँदा नयाँ खेलाडीको पहिचान हुने उनको भनाई थियो ।

आर्मीका कप्तान विनोदले भने जस्तै चौंथो संस्करणको प्रतियोगिताले पनि केहि प्रतिभावान खेलाडी जन्माएको छ । यस्तै थुप्रै खेलाडीले क्रिकेट जगतको ध्यान खिच्न सफल भएका छन् ।

पीएम कपमा सबैको ध्यान खिच्न सफल ६ खेलाडीको वर्णन तल गरिएको छ ।

१. विवेक यादव

विवेक यादव प्रतियोगिताकै उदयमान (इमर्जिङ) खेलाडी घोषित भए ।

अलराउण्ड प्रदर्शन गर्न सक्ने विवेक प्रतियोगितामा प्रदेश-२ बाट सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

४ खेलमा ब्याटिङ गरेका विवेकले १ सय ६७ रन बनाएका थिए । सुरुवाती २ खेलमा अर्धशतक बनाएका विवेक तेस्रो खेलमा अर्धशतक बनाउन ९ रनले चुकेका थिए ।

नेपाल पुलिस क्लबविरुद्धको खेल बाहेक उनको ब्याटबाट आकर्षक रन निस्किएको थियो ।

यस्तै उनले प्रतियोगिताको ३ खेलमा बलिङ गर्दै ४ विकेट समेत लिए ।

विवेक नेपाली यू-१९ टिममा समेत परिसकेका खेलाडी हुन् । बलको लाइन र लेन्थ छिटो बुझ्न सक्ने र लामो सट प्रहार गर्न सक्ने विवेकको बलियो पक्ष हो ।

उनी यस प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी समेत हुन् । विवेकले यस प्रतियोगितामा १० छक्का र ८ चौका प्रहार गरेका छन् ।

५ खेल खेलेका राष्ट्रिय टिमका खेलाडी आरिफ शेख भन्दा उनले ३ छक्का कम प्रहार गरेका हुन् । यस्तै उनले स्पिन तथा फास्ट बलरलाई खुलेर खेल्न सक्ने क्षमता राख्दछन् । प्रतियोगितामा उनको औषत ६६ को रहेको छ ।

लोभ लाग्दो प्रदर्शनको कारण विवेक नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत परेका छन् । आगामी फेब्रुअरीमा कतार भ्रमणमा जाने १८ सदस्सीय नेपाली राष्ट्रिय टोलीको लागि बन्द प्रशिक्षणमा उनलाई सामेल गरिएको छ ।

२. अनुज चुनरा

युवा फास्ट बलर अनुज चुनराले आफ्नो गति र बल स्विङ गराउन सक्ने क्षमताको कारण प्रतियोगितामा सबैको ध्यान खिच्न सफल भए ।

कर्णाली प्रदेशका युवा बलरले ४ खेलमा ८ विकेट लिन पनि सफल भए । चुनरा यस प्रतियोगितामा सर्वाधिक विकेट लिने ८ औं स्थानमा रहन सफल भए । यस्तै आफ्नो प्रदेशको लागि रबिन्द्र जङ शाहीसंगै उनले सर्वाधिक विकेट लिए ।

चुनरा नयाँ बलले फराकिलो स्विङ गराउन सक्ने क्षमता राख्दछन् । ब्याट्सम्यानबाट भित्र (इन स्विङ) तथा बाहिर लाने (आउट स्विङ) गराउन सक्ने बलर हुन् ।

उनले पुरानो बलमा ब्याट्सम्यानलाई आफ्नो तिब्र गतिले बिट गराउन सक्छन् । यस प्रतियोगितामा चुनरा टप अर्डरका ब्याट्सम्यानका लागि घातक बलरको रुपमा देखिए ।

उनले शरद भेषवाकर, रित गौतम, रोहित पौडेल, दिपेश खत्री जस्ता ब्याट्सम्यानलाई सस्तैमा पेभिलियनको बाटो देखाएका थिए ।

यस प्रतियोगितामा उनको इकोनोमी ४ दशमलब ३९ को रहेको थियो । झन्डै ३० ओभर बलिङ गरेका उनले ६ ओभर मेडेन ओभर राखेका थिए ।

स्पिन बलरको वर्चश्व रहँदै आएको नेपालमा चुनराले फास्ट बलिङबाट सम्भावना बोकेको खेलाडीको रुपमा परिचित गरे ।

३. अर्जुन कुमाल

१६ वर्षे युवा ब्याट्सम्यान अर्जुन कुमाल यस प्रतियोगिताले पाएको एक ठुलो नाम हो । कलिलै उमेरमा अर्जुनले देखाएको क्रिकेटिङ सट कुनै राष्ट्रिय टिमको ब्याट्सम्यानको भन्दा कम थिएन ।

यू-१६ राष्ट्रिय क्रिकेट टिमबाट प्रदर्शन गरिसकेका अर्जुनले आफ्नो पहिलो राष्ट्रिय प्रतियोगितामा राम्रो छाप छाड्न सफल भए ।

भारतमा क्रिकेट सिक्दै आएका अर्जुनको सट सेलेक्सन र टाइमिङ उत्कृष्ट थियो । ओपनर अर्जुन आफ्नो प्रदेश (गण्डकी प्रदेश) को सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले ४ खेलमा १ सय १७ रन जोड्न सफल भए । कर्णाली प्रदेशविरुद्ध उनले बनाएको ४६ रन उनको सर्वाधिक स्कोर हो । अर्धशतक पुरा गर्न ४ रनले पछि रहेको अवस्थामा उनी किपरको हातबाट क्याच आउट हुन् पुगेका थिए । अर्जुनले प्रतियोगितामा झन्डै ३० को औषतमा १७ चौका प्रहार गरेका थिए ।

Image may contain: 1 person, playing a sport and outdoor

४. देव खनाल

यस प्रतियोगिताले जन्मेको अर्को नयाँ नाम हो देव खनाल । लुम्बिनी प्रदेशका यी खेलाडीले प्रतियोगितामा आफ्नो कलात्मक सट र टाइमिङले सबैलाई प्रभावित पारे ।

देवले ३ खेलमा १४ चौका प्रहार गर्दै ८४ रन बनाए । पहिलो खेलमा उपाधि दाबेदार नेपाल पुलिस क्लबविरुद्ध ठुलो लक्ष्य पछ्याउने क्रममा उनले ४९ रनको इनिङ्स खेलेका थिए ।

अर्धशतकबाट मात्र १ एक रनले पछि रहेको अवस्थामा उनलाई पवन सर्राफले कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । त्यस खेलमा खराब सुरुवात गरेको लुम्बिनी प्रदेशको लागि देवले इनिङ्स उकास्ने काम गरेका थिए ।

सातौँ ओभरमा १६ रन जोड्दा २ विकेट गुमाएको लुम्बिनीको लागि देवले सौरभ खनालसनाग २६ औं ओभरसम्म ६६ रनको साझेदारी गरेका थिए ।

यस्तै उनले सुदूरपश्चिम प्रदेशविरुद्ध ९ रन जोड्दा उपाधि दाबेदार मानिएको बागमती प्रदेशविरुद्ध २६ रन बनाएका थिए । देवले प्रतियोगितामा ८० को स्ट्राइक रेटमा १४ चौका प्रहार गरेका छन् ।

५. विपिन रावल

कर्णाली प्रदेशका विपिन रावलको ब्याट यस प्रतियोगितामा चल्यो । ४ खेल खेलेका उनले १ सय १० रन जोड्न सफल भए ।

प्रतियोगितामा उनको स्ट्राइक रेट लोभलाग्दो रह्यो । प्रतियोगितामा मात्र ९४ बलको सामना गरेका उनको १ सय १७ दशमलव ३ को स्ट्राइक रेट रहेको छ ।

विकेटकिपर विपिन ओपनिङ ब्यटिङ गर्न आउने गर्छन् । तर, उनले केही बलको सामना गर्दैमा पिच र मैदानको स्वभाव बुझ्छन् । उनी अन्य ब्याट्सम्यान जस्तो सेट हुन लामो समय लिदैनन् ।

प्रतियोगितामा उनले गण्डकी प्रदेशविरुद्ध सर्वाधिक ४९ रन बनाए । ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतकबाट मात्र १ रनले चुकेका उनलाई विपिन खत्रीले बोल्ड गरे ।

दोसो खेलमा प्रदेश १ विरुद्ध ४७ रन बनाएर पेभिलियन फर्किदा विपिन पुन: अर्धशतकबाट चुकेका थिए ।

६. गौतम केसी

मात्र ३ खेल खेलेका गौतम केसी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् ।

चितवनका गौतमले बागमती प्रदेशबाट खेल्दै उत्कृष्ट बलिङ गर्दै सबैको ध्यान खिच्न सफल भए ।

केसीले च्याम्पियन बनेको आर्मीविरुद्ध सेमिफाइनल खेलमा ५ विकेट लिएका थिए । यद्दपी उनको टोली पराजित भएको थियो ।

केसीले पहिलो खेल प्रदेश १ विरुद्ध ४ विकेट लिएका थिए । प्रतियोगिता भर ३० ओभर बलिङ गर्दै ३ मेडेनका साथ उनले ११ विकेट आफ्नो नाममा बनाए ।

केसी भन्दा अघि रहेका आर्मीका शाहब आलम ५ खेलमा १२ तथा अविनास बोहरा ५ खेलमा १४ विकेट लिएका छन् ।

Image may contain: 2 people, people playing sports, people standing and outdoor

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP