एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर एसी मिलानले बोलोग्नालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बोलोग्नाको मैदानमा २६ औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
ज्लाटन इब्राहिमोविचको पेनाल्टी बोलोग्नाका गोलकिपरले रोकेपछिको रिबाउन्ड बलमा उनले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा बोलोग्नाका आन्द्रे पोलीले एक गोल फर्काएपनि मिलान २-१ ले विजयी भयो ।
जित संगै मिलानले २० खेलमा ४६ अंक जोडेको छ ।
बोलोग्ना २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टर मिलानले बेनेभेन्टोलाई ४-० ले हराएको छ ।
इन्टरका लागि रोमेलु लुकाकुले दुई गोल गरे ।
रिकार्डो र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

जितसंगै इन्टरले २० खेलमा ४४ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
बेनेभेन्टो २२ अनक जोडेर १२ औं स्थानमा रहेको छ ।