युनाईटेड र आर्सनलको बराबरी
आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा युनाईटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।
आर्सनलको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
बराबरीसंगै युनाईटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने गर्ने मौका गुमाएको छ ।
युनाईटेडको २१ खेलमा ४१ अंक रहेको छ । युनाईटेड सिटी भन्दा ३ अंकले पछि रहेको छ ।
आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई पराजित गरेको छ ।
भिल्लाले साउथह्यामटनलाई १-० ले हराएको हो ।
भिल्लाको जितमा रोस बार्क्लीले निर्णायक गोल गरे ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)