काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबको अध्यक्षमा सुनिल कपाली निर्वाचित भएका छन् ।
क्लबको शनिबार बसेको साधारण सभाबाट कपाली अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
यस्तै क्लबको सचिवमा किरण महर्जन निर्विरोध चयन भए ।
क्लबको उपाध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित हुँदा कोषाध्यक्षमा विजय कर्माचार्य निर्वाचित भए ।
त्यस्तै सदस्यमा शिरिष श्रेष्ठ, किरण बहादुर श्रेष्ठ, दिपक मान जोशी, शिवराज प्रजापति र आनन्द रौनियार निर्वाचित भए ।
मछिन्द्रले गत सिजनको 'ए' लिगको उपाधि जितेको थियो ।
