एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
शनिबार राति भएको खेलमा एभर्टन न्युकासल युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो ।
एभर्टनको मैदानमा न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा विल्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई २-० को जित दिलाए ।
जितसंगै न्युकासलले २१ खेलबाट २२ अंक जोडेको छ ।
न्युकासल लिगको १६ औं स्थानमा रहेको छ ।
एभर्टन ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

