एपीएफका कमल 'म्यान अफ दि सिरिज'
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । एपीएफ क्लबका कमल सिंह ऐरी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको म्यान अफ दि सिरिज बनेका छन् ।
एपीएफलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका कमल म्यान अफ दि सिरिज घोषित भएका हुन् ।
म्यान अफ दि सिरिज बनेसँगै कमलले ५० हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा चुनिए ।
उत्कृष्ट बलर आर्मीका शाहब आलम घोषित भए ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर प्रदेश-२ का विवेक यादव चुनिए । उनले १५ हजार प्राप्त गरे ।















-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)