काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् ।
बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।
खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।
जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आईतबार एक मात्रै खेल हुनेछ ।
आइतबार चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्नेछन् ।