एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजित लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
बायर्नले घरेलु मैदानमा होफेनहाइमसँग खेल्नेछ ।
लिग लिडर बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
बायर्न ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
होफेनहाइम २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
उपाधि दाबेदार डर्टमण्डले घरेलु मैदानमा अग्स्बर्गसँग खेल्नेछ ।
डर्टमण्ड २९ अंक जोडेर सताउन स्थानमा रहेको छ । अग्स्बर्ग २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
लाइपजिगले बायर लेभरकुसेनसँग खेल्नेछ । ३५ अंक जोडेर लाइपजिग दोस्रो र ३२ अंक जोडेको लेभरकुसेन तेस्रो स्थानमा रहेको छ ।
बोरुसिया मन्छेनग्लाडबाखले युनियन बर्लीनसँग खेल्दा वेर्डर ब्रेमेनले शाल्केसँग खेल्नेछ ।
फ्रान्कफर्टले हेर्था बर्लिनसँग खेल्नेछ ।