एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले उसैको घरेलु मैदानमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । युनाईटेड र आर्सनलबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
आर्सनलविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने लक्ष्यमा हुनेछ ।
युनाईटेड आर्सनललाई हराएर उपाधिको दाबेदार कायम राख्न चाहन्छ ।
युनाईटेड २० खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
आर्सनल ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
युनाईटेडलाई हराएर आर्सनल अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै लिग लिडर म्यानचेस्टर सिटीले सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।
सिटी सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
सिटीले ४१ अंक जोडेको छ । ८ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एभर्टनले न्युकासलसँग खेल्नेछ ।
त्यस्तै क्रिस्टलले उल्भ्ससँग खेल्दा वेस्ट ब्रुमले फुलहमसँग खेल्नेछ ।
साउथह्याम्पटनले एस्टन भिल्लाको सामना गर्नेछ ।