• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपाधिका लागि एपीएफ र आर्मी भिड्दै
खेलपाटी संवाददाता
शनिबार, माघ १७, २०७७ खेलपाटी संवाददाता
उपाधिका लागि एपीएफ र आर्मी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

एपीएफ र आर्मीबीचको विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ ।

चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।

एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन् ।

'फाइनल पुग्नु खुसीको कुरा हो । फाइनल बाँकी छ । आशा छ भोलि राम्रो हुनेछ,' एपीएफका कप्तान शरदले भने, 'टिमले राम्रो खेलिरहेको छ । चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ ।'

एपीएफ अपराजित रहदै फाइनल पुगेको हो ।

पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।

अपराजित यात्राले उत्साहित शरद आर्मीविरुद्धको फाइनलमा उत्कृष्ट टिम उतार्ने बताउछन् । शरदले फाइनलमा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्ने बताए ।

समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो ।

आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो ।

आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

आर्मी फाइनलमा भने एपीएफसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

'टिमले राम्रो गरिरहेको छ । चाहिएको समयमा खेलाडीले खेलेका छन् । हामी जित्नका लागि खेल्छौ,' फाइनल अघि आर्मीका कप्तान विनोदले भने ।

पीएम कप क्रिकेटको इतिहासमा आर्मी लगातार फाइनल खेल्ने एक्लो टिम हो । तर, पहिलो संस्करणमा पुलिससँग उपाधि बाडेको आर्मी फाइनलमा चुक्दै आएको छ ।

यसपटक भने आर्मी गल्ति दोहोर्याउने पक्षमा छैन । एपीएफविरुद्ध आर्मी सहज भने हुनेछ ।

हेड टु हेड कस्तो ?

पीएमको चार संस्करण सकिनै लाग्दा आर्मी र एपीएफबीच ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा एपीएफ बलियो देखिएको छ ।

आर्मी र एपीएफबीच पहिलो पटक सन् २०१८ को समूह चरणमा भेट भएको थियो । जुन खेलमा आर्मीले ७० रनको जित निकालेको थियो ।

आर्मीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफ अलआउट हुँदै १ सय ५८ रनमा समेटिएको थियो ।

दोस्रो भेटमा भने एपीएफले बाजी मारेको थियो । सन् २०१८ कै संस्करणको फाइनलमा आर्मी र एपीएफ भिडेका थिए ।

फाइनलमा एपीएफले आर्मीलाई ६ विकेटले हराएर उपाधि जितेको थियो । एपीएफले समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको थियो ।

पछिल्लो पटक यसै संस्करणको समूह चरणमा दुई टिमबीच प्रतिस्पर्धा भएको छ । त्यस खेलमा एपीएफले ६ रनको जित निकाल्यो ।

टियु क्रिकेट मैदानमा एपीएफले आर्मीलाई २ सय ४१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो ।

तर, शनिबार हुने फाइनलमा भने आर्मी एपीएफलाई हराएर उपाधि जित्न चाहन्छ । आर्मी लगातार चार संस्करण फाइनल पुग्ने एक्लो टिम हो  । 

यस्तै समूह चरणमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

एपीएफ भने अपराजित रहदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

हालसम्मको विजेता -

सन् २०१७ - आर्मी र पुलिस संयुक्त विजेता
सन् २०१८ - एपिएफ विजेता, आर्मी उपविजता
सन् २०१९ - पुलिस विजेता, आर्मी उपविजेता

पुरस्कार -

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन् ।

प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।

उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP