अनलाइन सुटिङमा विपेशको ५५६ अंक
शुक्रबार, १६ माघ २०७७खेलपाटी संवाददाता
काठमाडौं । नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन् ।
एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ तथा सुखदेव चौधरीले ५४२ अंक जोडे ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा कृष्णा थापाले ५५५ तथा सरिता बस्नेतले ५३७ अंक जोडे । प्रतियोगिताअन्तर्गत शनिबार १० मिटर एयर राइफलतर्फ प्रतिस्पर्धा हुनेछ ।
खेलाडीले प्राप्त गरेको अंकलाई कुवेतमा पठाइने र त्यहाँबाट आइतबार सहभागी सबै राष्ट्रका खेलाडीको नतिजा प्रकाशित गरिने नेपाल सुटिङ संघले जनाएको छ ।
दुईदिने प्रतियोगितामा २२ राष्ट्र सहभागी छन् । नेपालबाट ६ पुरुष र ५ महिला गरी ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)