• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपाधिमा एपीएफ र आर्मीको नजर
खेलपाटी संवाददाता
शुक्रबार, माघ १६, २०७७ खेलपाटी संवाददाता
उपाधिमा एपीएफ र आर्मीको नजर

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ ।

चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।

एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन् ।

फाइनल अघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए ।

'फाइनल पुग्नु खुसीको कुरा हो । फाइनल बाँकी छ । आशा छ भोलि राम्रो हुनेछ,' एपीएफका कप्तान शरदले भने, 'टिमले राम्रो खेलिरहेको छ । चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ ।'

एपीएफ अपराजित रहदै फाइनल पुगेको हो । 

पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।

अपराजित यात्राले उत्साहित शरद आर्मीविरुद्धको फाइनलमा उत्कृष्ट टिम उतार्ने बताउछन् ।

'भुवन कार्की फिट छन् । बसन्त रेग्मीको भन्न सकिने अवस्था छैन । आर्मीसँग उत्कृष्ट प्लेईङ सेट हुन्छ,' शरदले थपे ।

शरदले फाइनलमा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्ने बताए ।

'राम्रो गर्ने भोको छ । आशा छ भोलि टिमका लागि उत्कृष्ट दिनेछु,' शरदले भने ।

No description available.

समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो ।

आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो ।

आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

आर्मी फाइनलमा भने एपीएफसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

'टिमले राम्रो गरिरहेको छ । चाहिएको समयमा खेलाडीले खेलेका छन् । हामी जित्नका लागि खेल्छौ,' फाइनल अघि आर्मीका कप्तान विनोदले भने ।

पीएम कप क्रिकेटको इतिहासमा आर्मी लगातार फाइनल खेल्ने एक्लो टिम हो । तर, पहिलो संस्करणमा पुलिससँग उपाधि बाडेको आर्मी फाइनलमा चुक्दै आएको छ ।

यसपटक भने आर्मी गल्ति दोहोर्याउने पक्षमा छैन । एपीएफविरुद्ध आर्मी सहज भने हुनेछ ।

'इतिहास हो तर त्यसलाई सोचेर केहि फरक पर्दैन । ३ खेलाडी नहुदा समस्या भएको जस्तो देखिएको हो । हाम्रो टिम सन्तुलित छ,' विनोदले भने, 'एपीएफ पनि सन्तुलित टिम हो ।'

आर्मीका तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल यस पटक टिममा छैनन् । उनीहरु टी-१० लिगका लागि युएईमा रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।

उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP