श्रीलंका क्रिकेट टिमको छनोट प्रमुखद्वारा राजिनामा
शुक्रबार, माघ १६, २०७७खेलपाटी संवाददाता
एजेन्सी । श्रीलंका क्रिकेट टिमको छनोट प्रमुख आशन्था डी मेलले पदबाट राजिनामा दिएका छन् ।
श्रीलंका क्रिकेट बोर्डले छनोट प्रमुख आशन्थाले राजिनामा दिएको जनाएको छ ।
बोर्डले व्यक्तिगत कारण देखाएर उनले राजिनामा दिएको जनाएको छ ।
उनि टिमको म्यानेजर समेत रहेका थिए ।
६१ वर्षीय आशन्था सन् २०१८ को नोभेम्बरमा खेलाडी छनोट प्रमुख र म्यानेजर नियुक्त भएका थिए ।
यस अघि उनले सन् २०१३ मा पनि छनोट प्रमुख भएर काम गरेका थिए ।
घरेल मैदानमा इंग्ल्यान्ड र दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाएपछि उनको राजिनामा आएको हो ।
आशन्थाले श्रीलंकाका लागि १७ टेस्ट र ५७ एकदिवसीय खेलेका थिए ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)