आबुधाबी टी-१० लिगमा करणको डेब्यु
बिहिबार, माघ १५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीले आबुधाबी टी-१० लिगमा डेब्यु गरेका छन् ।
पुने डेभिल्समा आबद्द करणले डेकन ग्ल्याडियटर्सविरुद्धको खेलमा प्लेईङ सेटमा पर्दै टी-१० मा डेब्यु गरेका हुन् ।
आबुधाबीमा करणले डेब्यु गरेको खेलमा पुनेले बलिङ गरिरहेको छ । पुनेले टस जितेर फिल्डिङ रोजेको हो ।
यस अघि सोमपाल कामीले टी-१० लिगमा डेब्यु गरेका थिए ।
डेब्यु खेलमा सोमपालले विकेट लिन सकेनन् । तर, उनको टिम मरठा अरेबियन्सले जित निकालेको छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)