एजेन्सी । घरेलु टिम पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा मंगलबार दक्षिण अफ्रीका २ सय २० रनमा अलआउट भएको छ ।
कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीका पहिलो दिनमै अलआउट भएको हो ।
डीन इल्गरले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि दक्षिण अफ्रीकाले उच्च स्कोर बनाउन सकेन ।
यस्तै जर्ज लिन्डेले ३५ रन जोड्दा फाप डु प्लेसिसले २३ रन बनाए ।

कागिसो राबडा २१ रनमा अविजित रहदा भान डेर डुसेनले १७ रन जोडे ।
पाकिस्तानका यासिर साहले ३ विकेट लिए । यस्तै शहिन साह अफ्रिदी र नुमन अलीले २/२ विकेट लिए ।
पाकिस्तानले पनि खराब सुरुवात गरेको छ । पाकिस्तानले २ विकेट गुमाईसकेको छ ।
घरेलु टिमसँगको दुई टेस्ट सिरिजका लागि दक्षिण अफ्रीका पाकिस्तानको भ्रमणमा रहेको छ ।
