काठमाडौं । अनिल कुमार शाह र सुनिल धमलासहित ७ क्रिकेट खेलाडीलाई क्रिकेट बजार (सीबी) ले प्रायोजन गरेको छ ।
नेपालको पहिलो क्रिकेट ब्राण्ड क्रिकेट बजारले मंगलबार ७ खेलाडीलाई प्रायोजन गरेको हो ।
क्रिकेट बजारको प्रायोजन पाउने अन्य खेलाडीमा राम नरेश गिरि, महेबुब आलम, रबि शाह, राशिद खान र अरनीको यादव रहेका छन् ।
उनीहरुलाई क्रिकेट बजारले एक वर्षको लागि प्रायोजन गरेको हो ।

क्रिकेट बजारका संचालक जय गिरिले खेलाडीहरुसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासंगै क्रिकेट बजारले उनीहरुलाई क्रिकेट खेल सामग्री उपलब्ध गराउने छ ।
क्रिकेट बजारले नेपालका क्रिकेट खेल सम्बन्धि समानहरु उत्पादन र बिक्रि गर्दै आइरहेको छ ।
सस्तो र टिकाउ मानिने क्रिकेट बजारले नेपालमा छोटो समयमा निकै राम्रो छाप छाड्न सफल भएको छ ।
नेपालका अधिकांस राष्ट्रिय टिमका खेलाडीले क्रिकेट बजारको समान प्रयोग गर्ने गर्छन् ।