श्रीलंकाको मध्यम सुरुवात
शुक्रबार, माघ ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम श्रीलंकाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ ।
गालेमा पहिलो दिनको खेल सकिदा श्रीलंकाले पहिलो इनिङ्समा ४ विकेट गुमाएर २ सय २९ रन जोडेको छ ।
श्रीलंकाका एन्जेलो म्याथ्युजले शतक बनाएर खेलिरहेका छन् । उनि १ सय ७ रनमा अविजित रहेका छन् ।
निरोशन डिकवेला १९ रन बनाएर खेलिरहेका छन् ।
यस्तै दिनेश चन्डिमलले ५२ रन बनाए । लहिरु थिरेमने ४३ रनमा आउट भए ।
इंग्ल्यान्डका जेम्स एन्डरले ३ विकेट लिए ।
सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
