जितकुण्डोको तालिम सुरु
शुक्रबार, ०९ माघ २०७७खेलपाटी संवाददाता
काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
तालिमको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेप सदस्य पुरेन्द्रविक्रम लाखेलगायतको उपस्थिति रहेको थियो ।
दुईदिने तालिममा ४ प्रदेशका विभिन्न १२ जिल्लाका ३५ जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिने छन् ।
सहभागीलाई जितकुण्डोका परिवर्तित नयाँ नियमलगायतका विषयमा जानकारी दिइने प्रमुख प्रशिक्षक थापाले अवगत गराए ।








-1764668485959.png&w=3840&q=75)





-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)