एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा पर्थ स्कर्चर्सले होबार्ट हरिकेन्सलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ ।
मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
पर्थका लागि जोश इन्लिशले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
लियाम लिभिङस्टोनले २६ रन जोड्दा जासन रोयले २० रन बनाए ।
एस्टन टर्नर १५ रनम आउट हुँदा जे रिचार्डसनले २९ रन बनाए ।
होबार्टका नाथन एलिसले ४ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिए ।
सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका हुन् ।
सन्दीप आबद्द होबार्ट ११ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पर्थ २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।