• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'मेरो अनुभव नेपाली क्रिकेटमा लगाउँछु'
खेलपाटी संवाददाता
बिहीबार, माघ ८, २०७७ खेलपाटी संवाददाता
'मेरो अनुभव नेपाली क्रिकेटमा लगाउँछु'

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेट विकासको लागि लगाउने बताएका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै वाटमोरले आफ्नो अनुभव नेपाली क्रिकेटमा लगाउने बताएका हुन् ।

'मेरो क्रिकेटको अनुभव नेपाली क्रिकेट विकासमा लगाउने छु,' पत्रकार सम्मेलनमा वाटमोरले भने ।

यस्तै वाटमोरले आफुले नेपाली क्रिकेटको वरीयतामा सुधार गर्ने लक्ष्य हुने समेत बताए ।

'एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्ने पनि लक्ष्य हुनेछ,' उनले थपे ।

प्रशिक्षक वाटमोरले नयाँ चुनौतीका लागि आफु नेपाल आएको उल्लेख गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत पुस २ गते वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

No description available.

वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए । 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियाे ।

नेपालले गत मार्चमा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेकाे थियाे । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए ।

क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।

अन्तर्वार्तापछि क्यानले वाटमाेर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियाे । 

आईसीसीकाे सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेकाे छ । 

काे हुन् देव वाटमोर ?

देव वाटमोर विश्वको क्रिकेटमा प्रतिष्ठित नाम हो । यस नाम नेपालका लागि समेत नौलो हैन । सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।

श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।

खेल जीवनमा खासै सफलता चुम्न नसकेका उनी प्रशिक्षण जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।

सन् १९९६ को समयमा क्रिकेटमा खासै सफलता हात नपारेको बेला श्रीलंकालाई विश्वकप जिताउन वाटमोरको ठुलो हात रह्यो । उनकै प्रशिक्षणमा रहेको श्रीलंकाको टिम विश्वविजेता बन्दा श्रीलंकाले क्रिकेटमा कोल्टे फेर्ने अवसर पायो ।

यस्तै तत्कालिन उदाउँदो राष्ट्र बंगलादेशलाई वाटमोर पहिलो टेष्ट क्रिकेट जिताउन सफल भए । सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनले जिम्बाबेविरुद्ध सन् २००५ मा बंगलादेशले पहिलो टेष्ट जितेको थियो । उनी प्रशिक्षक रहदा बंगलादेशले क्रिकेट जगतमा अप्रत्यासित नतिजा निकाल्दै आएको थियो ।

बंगलादेशले तत्कालिन क्रिकेटको शीर्ष टिम अष्ट्रेलियालाई पराजित गर्दै सनसनी नतिजा निकालेको थियो । यस्तै सन् २००७ मा अर्को पावर हाउस दक्षिण अफ्रिका र भारतलाई समेत बंगलादेशले पाखा लगाएको थियो ।

सन् २००७ मा वाटमोर भारतीय क्रिकेट र इंल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकको दाबेदारको रुपमा उभिएका थिए । सन् २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए । त्यस युवा विश्वविजेता टोलीका कप्तान विराट कोहली थिए र प्रशिक्षक वाटमोर ।

यस्तै सन् २०१० र ११ को आईपीएलमा काेलकता नाइट राइडर्सको प्रशिक्षक रहे । त्यस बाहेक उनी सन् २०१२ मा पाकिस्तान, सन् २०१४ मा जिम्बाबे र सन् २०२० मा सिंगापुरको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।

प्रशिक्षकको भूमिकामा आफ्नो कुनै कसुर नराखी इतिहास रच्दै आएका वाटमोरले हाल नेपालको प्रशिक्षक बन्न सफल भएका छन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP