बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमतीको लगातार दोस्रो जित

सोमबार, ०५ माघ २०७७खेलपाटी संवाददाता
बागमतीको लगातार दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो ।

बागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।

No description available.

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए ।

बागमतीको कसिलो बलिङसामु अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । सुदूरपश्चिमका ६ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए ।

No description available.

नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो ।

बागमतीका लागि पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए ।

इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।

सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए ।

जितसंगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ ।

बागमती समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।

बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो ।

सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना