बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

तिलक भन्छन्, ‘खेलको मज्जा लिए’

आइतबार, ०४ माघ २०७७नमीन ढकाल
तिलक भन्छन्, ‘खेलको मज्जा लिए’

बागमती प्रदेशका तिलक राज भण्डारी । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गर्यो ।

आईतबार विहान त्रिभुवन विश्वविद्यालय (टीयु)को मैदानमा बागमती प्रदेशले साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्न सफल रह्यो ।

सुरुवाती बलिङ गरेको बागमतीलाई जित दिलाउन किफायती बलिङ गरेका युवा खेलाडी तिलक राज भण्डारी र नन्दन यादवले समान ४ विकेट लिए ।

पुलिसविरुद्ध शानदार सुरुवात गरेका तिलक खेलको म्यान अफ दि म्याच घोषित भए । सिनियर क्रिकेटमा पहिलो राष्ट्रिय प्रतियोगिता खेलिरहेका तिलकले टोलीका सिनियर खेलाडीले हौसलाले अवसर जुटेको बताए ।

‘पहिलो खेल थियो । सुरुमा नर्भस थिए । पारस र ज्ञानु दाई (कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का)ले हौसला दिनु भयो । सुरुमा प्रेसर भएपनि दाईको हौसलाले पहिलो बल फ्याँलेपछि राम्रो हुँदै गयो ।’ नेपाल यू–१९ क्रिकेट टिममा सदस्य समेत रहेका नन्दनले भने ।

पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सहभागी भएका नन्दनले ७ ओभर ३ बल फ्याँक्दा १ मेडन सहित १७ रनमात्रै खर्चेका थिए । जसमा ४ विकेट झरेको थियो ।

'म्यान अफ दि म्याच' सहित २५ सय प्राप्त गरेका तिलकले टोलीका ठुला खेलाडीले आत्माविश्वास दिएका कारण सोही लयमा बलिङ चलेको बताए ।

‘दाईहरुले खेलमा मज्जा लिनुपर्छ भनेका थिए । मैले त्यही लिए । आत्माविश्वास प्राप्त भयो । नराम्रो बल हुँदा पनि राम्रो गर्नुपर्छ भन्नुभयो । त्यसैले पनि लयमा बलिङ चल्यो ।’ तिलकले भने ।

यसअघि टस हारेर फिल्डिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अल आउट हुँदै १ सय ११ रनमा बनाएको थियो ।

उसका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । पुलिसका आरिफ शेखले सर्वाधिक २१ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिएको बागमती प्रदेशका उप–कप्तान पृथु बास्कोटाले सर्वाधिक ४८ रन जोडे । उनले ६६ बल खेलेका थिए ।

युवा खेलाडी इशान पाण्डेले ६६ बल खेल्दै १७ रन जोडेका थिए । बागमतीले ३४ ओभर ४ बलमा लक्ष्य पुरा गरेको थियो । उपकप्तान पृथुले अन्तिम बलमा छक्का हिर्काएका थिए ।

विजयी टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सफल रहेको बताए । उनले युवा खेलाडीलाई हौसला दिनुुपर्ने उल्लेख गरे ।

‘युवा खेलाडीले राम्रो खेले । पृथुले पनि धेरै पछि कमब्याम गर्दै राम्रो खेल्न सफल भए । अब अर्काे खेलको लागि ध्यान दिन जरुरी छ ।’ मल्लले भने ।

पराजित टोलीका कप्तान मञ्जित श्रेष्ठले ब्याटिङ नचल्दा हार ब्यहोरेको स्विकार गर्दै अर्को खेलमा बलियो बनेर मैदान फर्कने बताए ।

‘समस्या ब्याटिङमा देखियो । योजना अनुसार खेल गएन । जस्तो खेल्नुपर्ने हो त्यो खेलाडीबाट भएन । अर्काे पटक बलियो भएर मैदान फर्कन्छौं ।’ उनले भने ।

पुलिसले ७ गते सुदुरपश्चिमसँग खेल्नेछ भने बागमतीले सोमबारनै सुदुरपश्चिमसँग खेल्ने तालिका रहेको छ ।

 

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना