अष्ट्रेलियाको बलियो सुरुवात
शुक्रबार, ०२ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ ।
ब्रिसबेनमा पहिलो दिनको खेल सकिदा अष्ट्रेलियाले पाँच विकेट गुमाएर २ सय ७४ बनाएको छ ।
अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए ।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाए ।
क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन बनाएर क्रिजमा रहेका छन् ।
भारतका टी-नटराजनले २ विकेट लिए ।
दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ ।









-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)




