काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मी र गण्डकी प्रदेश भिड्दैछन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा आर्मीले गण्डकीविरुद्धको खेलमा टस जितेको छ ।
आर्मीका कप्तान बिनोद भण्डारीले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेका छन् ।
क्यानले सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको तालिका सार्वजनीक गरिसकेको छ ।
तालिकाको समूह एमा आर्मी, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली छन् । समूह बीमा पुलिस, बागमती, लुम्बिनी, प्रदेश २ र सुदुरपश्चिम छन् ।