काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार)बाट सुरु हुदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक कार्यक्रम अन्तर्गत पुरुष क्रिकेट हुन लागेको हो । क्यानले यसअघि दाङ्गको लमहीमा महिला क्रिकेट सम्पन्न गरको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । विभागीय टिम आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रनेछ भने गण्डकीको कप्तानी बिपिन खत्रीले गर्नेछन् ।
क्यानले सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको तालिका सार्वजनीक गरिसकेको छ ।
तालिकाको समूह एमा आर्मी, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली छन् । समूह बीमा पुलिस, बागमती, लुम्बिनी, प्रदेश २ र सुदुरपश्चिम छन् ।
