एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा टोटेनहम फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।
खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा फुलहम खेलमा फर्कियो ।
उसका इभान काभालिरोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए ।
घरेलु मैदानमा बराबरी खेलेको टोटेनहमले १७ खेलमा ३० अंक जोडेको छ ।
टोटेनहम लिगको सातौं स्थानमा रहेको छ ।
फुलहम १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
