एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र सउल निगुएजले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा एन्जलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा निगुएजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
एट्लेटिकोले १६ खेलमा ४१ अंक जोडेको छ ।
दोस्रो स्थानको रियल मड्रिडको ३७ अंक रहेको छ ।
सेभिया ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा ग्रानडाले ओसासुनालाई २-० ले हराएको छ ।