उल्भ्सको मैदानमा एभर्टनको जित
२०२१ जनवरी १३, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा एभर्टनले उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
उल्भ्सको मैदानमा एलेक्स इओबीले खेलको छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ७७ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई २-१ को जित दिलाए ।
जितसँगै एभर्टन लिगको चौंथो स्थानमा उक्लिएको छ ।
एभर्टनले १७ खेलमा ३२ अंक जोडेको छ ।
उल्भ्स २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।