एजेन्सी । म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।
बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।
उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए ।
पोग्बाको यो सिजनको दोस्रो गोल हो ।

बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ ।
युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ ।
बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १-० ले हराएको छ ।