टाइगर र देवघाटको जित
मंगलबार, २८ पौष २०७७खेलपाटी संवाददाता

चितवन । टाइगर युवा क्लब र देवघाट 'ए' ले चितवनको नारायणीमा सुरु सेभेन 'ए' साइट फुटबलमा जित निकालेका छन् ।
नारायणी नदि किनारमा मंगलबार भएको खेलमा टाइगरले गोर्खाली एफसीलाई ४-० ले पराजित गर्यो ।
यस्तै देवघाटले एनसीएफसीलाई २-१ ले पराजित गर्यो ।
भरतपुरले भेडाबारीलाई १-० ले पराजित गर्दा बुद्धले देवचुलीलाई ३-१ ले हराएको छ ।
हानामी एभेरस्टले रामनगरलाई टाइब्रेकरमा ४-३ ले हराएको छ ।

नारायणी एकता क्लबको आयोजनामा जारी प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।












-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

