एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । बर्नली र युनाईटेडबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
बर्नलीको मैदानमा युनाईटेड सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
युनाईटेड घरेलु टोलीलाई हराएर लिगको शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।
युनाईटेड १६ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बर्नलीलाई पराजित गरेमा युनाईटेड शीर्ष स्थानमा उक्लने छ ।
बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
अर्को खेलमा उल्भ्सले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ ।
२९ अंक जोडेको एभर्टन तालिकाको सताउन स्थानमा रहेको छ ।
उल्भ्स २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
त्यस्तै न्युकासलले सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।