एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसले जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बेटिसले हुएस्कालाई २-० ले पराजित गरेको हो ।
हुएस्काको मैदानमा १० खेलाडीमा समेटिएपनि बेटिसले महत्वपूर्ण जित निकालेको हो ।
खेलको ७८ औं मिनेटमा माण्डीले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा पाउलले दोहोरो पहेलो कार्डसित रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनियो सानाब्रियाले गोल गर्दै बेटिसलाई २-० को जित दिलाए ।
जितसँगै बेटिसले १८ खेलमा २३ अंक जोडेको छ । बेटिस १० औं स्थानमा रहेको छ ।
हुएस्का १२ अंक जोडेर पुछारमा रहेको छ ।
अर्को खेलमा गेटाफेले इल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।