चितवन । अल स्टार एफसी र नारायणी एफसीले चितवनको नारायणीमा सुरु सेभेन 'ए' साइट फुटबलमा जित हात परेका छन् ।
नारायणी नदि किनारमा सोमबार भएको खेलमा अल स्टारले धर्मदयालाई १-० ले पराजित गर्यो ।
अर्को खेलमा नारायणीले नयाँ गोरेटोलाई टाइब्रेकरमा ३-२ ले हराएको छ ।
त्यस्तै जु एफसीले न्यु दिप्य ज्योति एफसीलाई २-० ले पराजित गरेको छ ।
एडुकोट ब्रोदर्सले चन्द्रमुखीलाई ३-० र एनसीएफसीले देबघाटलाई १-०ले हराएको छ ।
नारायणी एकता क्लबको आयोजनामा जारी प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।