आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

सोमबार, २७ पौष २०७७खेलपाटी संवाददाता
पल्सर स्पोर्टस अवार्डको तयारी पूरा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक प्रेस विज्ञप्ति निकाल्दै १७ औं संस्करणको अवार्डको तयारी पूरा भएको जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड मंगलबार (पुस २८ गते) ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।

यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।


पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ ।

अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको यूटुब र फेसबुक पेज सहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार