एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले रियल भायाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
भायाडोलिटको मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे ।
खेलको ७६ औं मिनेटमा कार्लोसले भ्यालेन्सियाको लागि निर्णायक गोल गरेका हुन् ।

यस्तै खेलको ८७ औं मिनेटमा भ्यालेन्सियाकै म्यानुएलले गरेको गोलले भने मान्यता पाएन ।
भीएआरको सहायताबाट उनी अफसाइट देखिएका थिए । जसको कारण भ्यालेन्सिया अग्रता दोब्बर बनाउन चुकेको थियो ।
घरेलु टिमविरुद्ध साँघुरो जित निकालेसँगै भ्यालेन्सियाले १९ अंक जोडेको छ ।
भ्यालेन्सिया लिगको १३ औं स्थानमा समेत उक्लिएको छ ।
भायाडोलिट १८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।